Kathmandu Press

न्यूजिल्याण्डका स्टार कोरी एन्डरसन काठमाडौं किंग्समा

काठमाडौं, फागुन १९ : अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याट्सम्यानको छवि बनाएका न्युजिल्याडका स्टार अलरान्डर कोरी एन्डरसन एभरेस्ट प्रिमियर लिग (इपिए....

न्यूजिल्याण्डका स्टार कोरी एन्डरसन काठमाडौं किंग्समा

काठमाडौं, फागुन १९ : अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याट्सम्यानको छवि बनाएका न्युजिल्याडका स्टार अलरान्डर कोरी एन्डरसन एभरेस्ट प्रिमियर लिग (इपिएल)क्लब काठमाडौं किंग्स इलावेनमा आबद्ध भएका छन्। 

सोमबार एक विज्ञप्ति जारी गर्र्दै काठमाडौं किंग्सले एन्डरसन क्लबमा आबद्ध भएको जनाउको छ। एन्डरसनको आगमनले टिम थप बलियो भएको र अन्य खेलाडीमा हौसला मिल्ने काठमाडौं किंग्समा सिईओ राजजंग थापाले बताए। साथै उनले एन्डरसनबाट नेपाली खेलाडीले थुप्रै कुरा सिग्ने अवसर पनि पाउने बताए। 

यसपटक इपिएल मार्फत घरेलु मैदानमै अन्तर्राष्ट्रिय क्रिकेटरको खेल प्रत्यक्ष हेर्न पाइने भएको छ। एन्डरसन नेपाल आउन लागेका अर्का स्टार क्रिकेटर हुन्। यसअघि वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल, वेस्टइन्डिजकै केस्रिक विलियम्स, ड्वायन स्मिथ, श्रीलंकाका उपुल थरंगा, जीवन मेन्डिसलगायत खेलाडी इपिएलमा आबद्ध भइसकेका छन्।

सन् २०१४मा वेस्टइन्डिजविरुद्धको ३६ बलमा शतक बनाउँदै एन्डसरको आफ्नो विस्फोटक छवि देखाएका थिए। त्यसपछि पनि उनले थुप्रे विस्फोटक इनिङ खेलेका छन् । ३६ बलमा शतक बनाउँदै एन्डरसनले १८ वर्ष पुरानो साहिद अफ्रिदीको रेकर्ड तोडेका थिए। एन्डरसनको सो रेकर्ड १ वर्षपछि एबी डी भिलियर्सले ३१ बलमा शतक बनाउँदै तोडेका थिए। 

सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्धको टि–२० सिरिज मार्फत एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसको एक वर्षपछि एन्डरसनले एकदिवसीय र टेस्ट क्रिकेटमा पनि डेब्यू गरे। उनले १३ टेस्ट, ४९ एकदिवसीय र ३१ टि–२० खेल खेलेका छन्। 

इन्यिन प्रिमियर लिग (आईपिएल), पाकिस्तान सुपर लिग, इंग्ल्यान्डको काउन्टी क्रिकेटको पनि एन्डरसनसँग अनुभव छ। उनले मुम्बई इन्डियन्स, दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्सर्ज बैंग्लोसबाट आइपिएल खेलेका छन्। 

एन्डरसन काठमाडौंमा आबद्ध दोस्रो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौंले आयरल्यान्डका अलराउन्डर केभिन ओ’ब्रायनलाई अनुबन्धन गरेको थियो।

चौथो संस्करणको इपिएल चैत १ गतेदेखि १५ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने छ। प्रतियोगिताको उद्घाटन खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रिओट्स भिड्ने छन्। 
 

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्