एमाले खोटाङ–काठमाडौं सम्पर्क समितिले खेल्यो देउसी [तस्बिरहरू]
![एमाले खोटाङ–काठमाडौं सम्पर्क समितिले खेल्यो देउसी [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(1)(7)-1699802024.jpg)
काठमाडौं, कात्तिक २६ : नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले तिहारका अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
आज काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरी शुभकामना साटासाट गरिएको हो।
(4)-1699802024.jpg?timestamp=1699802122744)
उक्त कार्यक्रममा नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नवराज रोक्काले खोटाङका बासिन्दालाई गोलबद्ध गर्नको लागि कार्यक्रम आयोजना गरेको बताए।
(3)-1699802027.jpg?timestamp=1699802191157)
‘खोटाङ जिल्लाबाट काठमाडौंमा आएर बसोबास गर्नेहरुको उल्लेख्य उपस्थितिमा सबैलाई गोलबद्ध गर्दै यो कार्यक्रमको आयोजना गरेका हौं,’ उनले भने, ‘खोटाङका आम कार्यकर्ताहरुबीच कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौं।’
कार्यक्रममा विभिन्न विभागका सदस्य, केन्द्रीय कमिटीका सदस्यलगायत नेताहरुको सहभागिता थियो।
(4)-1699802026.jpg?timestamp=1699802216062)
प्रकाशित मिति: २१:०२ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











