देश बनाउन सकेमात्र शुभकामना काम लाग्छ : वरिष्ठ उपाध्यक्ष मिश्र
आइतबार राप्रपा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजद्धारा आयोजित सामाजिक देउसी भैलो, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।-(2)-1699787304.jpg)
काठमाडौं, कात्तिक २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले देश बनाउन सकेमात्र शुभकामना लाग्ने बताएका छन्।
आइतबार राप्रपा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजद्धारा आयोजित सामाजिक देउसी भैलो, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। देश बन्यो भने शुभकामना नदिँदा पनि देशको शुभ हुने भन्दै मिश्रले देश बनाउन सकेमात्र शुभकामना लाग्ने बताए।
उनले भने, ‘यो औपचारिकतामात्रै हो। शुभकामना त्यति बेलामात्रै लाग्छ, जतिबेला हामी यो देश बनाउन सक्छौं। देश बन्यो भने हामी सबैले सबैलाई शुभकामना नदिँदापनि देशको शुभ हुन्छ।’ उनले सबैलाई २५–३० वर्ष पछिको नेपाललाई मनन गरेर राजनीति गर्न आग्रह गरे।
उनले भने, ‘अहिले देश नबनेको अवस्था हो। वर्षमा १० लाख युवाले देश छोडिरहेका छन्। देशमा यस्तो अवस्था छ। हामी सबैले २५–३० वर्ष पछिको नेपाललाई मनन गरेर राजनीति गरौं।’











