Kathmandu Press

देवचुली दुर्घटना अपडेट : थप एक जनाको मृत्यु, मृतकको संख्या सात पुग्यो   

दुर्घटनाका गम्भीर घाइते एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। द
देवचुली दुर्घटना अपडेट : थप एक जनाको मृत्यु, मृतकको संख्या सात पुग्यो   

काठमाडौं, कात्तिक २६ : नवलपुरको देवचुली नगरपालिका– ८ मुण्डेमा विहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। 

दुर्घटनाका गम्भीर घाइते एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। आइतबार बुलिङटारबाट कावासोतीतर्फ जाँदै गरेको ग १ ज ३२७० नम्बरको जिप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

नवलपुर प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की, बुलिङटार गाउँपालिका –४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेका छन्। एक जनाको पहिचान खुल्न बाँकी छ। 
 

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, कात्तिक २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्