आगलागीमा आमाछोराको जलेर मृत्यु
७८ वर्षीया कान्छी गुरुङको घरमा गए राति आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
गोरखा, कात्तिक २६ : गोरखाको धार्चे गाउँपालिका वडा नं १ हुल्चुकमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।
७८ वर्षीया कान्छी गुरुङको घरमा गए राति आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
आगलागी बाट घरभित्र भएका सबै सामानहरु जलेर नष्ट भएका छन्। हुल्चुक दुर्गम गाउँमा भएकोले र घटना रातीको भएपनि प्रहरीलाई आज बिहान मा खबर आएकोले प्रहरीको टोली घटनास्थल पुगेर आगलागीबारे विवरण लिइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार आगलागीको कारण यकिन भएको छैन्। मृतकको शव घटनास्थलमै रहेको छ।
प्रकाशित मिति: १६:२९ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार