पञ्चमहालक्ष्मी मन्दिरमा पूजा आराधना
पाँच ओटा लक्ष्मीको विधिवत रुपमा पूजा आरधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो।
भक्तपुर, कात्तिक २६ : भक्तपुरस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको पूजा आराधना सम्पन्न भएको छ।
आइतबार लक्ष्मी पूजाका अवसरमा विशेषरुपमा पञ्चमहालक्ष्मीको पूजा आरधना सम्पन्न गरिएको हो। पाँच ओटा लक्ष्मीको विधिवत रुपमा पूजा आरधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो।
मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य आचार्यको संकल्पमा आयोजित सो पूजामा काठमाडौ, भक्तपुर, ललितपुर लगायतका भक्तजनको सहभागिता रहेको थियो।
प्रकाशित मिति: १५:३६ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











