तस्बिरमा प्रहरी केनाइन महाशाखामाकाे कुकुरपूजा
२३ जना केनाइन र ह्यान्डलरसँगै विभिन्न प्रदशनसँगै यस वर्षको उत्कृष्ट ह्यन्डलर र उत्कृष्ट कुकुरलाई सम्मान गरिएको छ।
काठमाडौं, कात्तिक २६ : महाराजगन्जस्थित नेपाल प्रहरी केनाइनको प्रधान कार्यालयमा यस वर्षको कुकुर पुजा सम्पन्न भएको छ। २३ जना केनाइन र ह्यान्डलरसँगै विभिन्न प्रदशनसँगै यस वर्षको उत्कृष्ट ह्यन्डलर र उत्कृष्ट कुकुरलाई सम्मान गरिएको छ। हाइजम्प र बाधापारमा ह्यान्डलर प्र.ह. बुद्धि प्रसाद कडेलको कुकुर रोज, रनिङमा ह्यान्डलर प्र.ह. भीमप्रसाद गौतमको कुकुर टाइगर प्रथम हुन सफल भएको छ। त्यस्तै गरी यो वर्षको अपराध छानबिनमा उत्कृष्ट ह्यान्डलर बुद्धिप्रसाद कँडेल भएका छन् भने उत्कृष्ट कुकुर विरगंज केनाइन कार्यलयको ह्यान्डलर प्र.ह. हतिफ हवारीको कुकुर रियो भएको छ।















प्रकाशित मिति: १५:२४ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











