Kathmandu Press

सुदूरपश्चिम पुगेर आयोगले लियो १६औँ योजनाका लागि सुझाव 

आयोगकी सदस्य डा. अनिता शाह ढुंगानाको नेतृत्वमा टोली सुदुरपश्चिम प्रदेश पुगेको थियो। डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए। 
सुदूरपश्चिम पुगेर आयोगले लियो १६औँ योजनाका लागि सुझाव 

काठमाडौं, कात्तिक २६ : राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव संकलन गरेको छ। १६औं योजनाको तयारीमा जुटेको आयोगले पहिलोपटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो। 

आयोगकी सदस्य डा. अनिता शाह ढुंगानाको नेतृत्वमा टोली सुदुरपश्चिम प्रदेश पुगेको थियो। डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए। 

कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफलमा मा मूख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६औँ योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन्। 

सुझाव दिने धेरैले संघीयताको मर्मअनुसार १६औँ योजना बनाउनु पर्नेमा जोड दिए। आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताइन्। आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन्। तल तहबाटै वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएको उनले जानकारी दिइन्। 

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो। कोशी प्रदेशमा सदस्य डा. आरपी बिच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा. जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदुरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो। कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ। 
 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, कात्तिक २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्