Kathmandu Press

मनाइयो कुकुर तिहार 

घरमा पालिएका कुकुरलाई मीठो खानेकुरा खान दिनुका साथै फूलमाला र टीका लगाइदिएर पूजा गरिएको छ।
मनाइयो कुकुर तिहार 

काठमाडौं, कात्तिक २६ : यमपञ्चकअन्तर्गत तिहारको दोस्रो दिन आज कुकुर पूजा। इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा घरघरमा गरी कुकुर तिहार मनाइएको छ। 

घरमा पालिएका कुकुरलाई मीठो खानेकुरा खान दिनुका साथै फूलमाला र टीका लगाइदिएर पूजा गरिएको छ। कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

आज सुरक्षा निकायले पनि कुकुरको विशेष पूजा गर्ने गर्दछन्। नेपाल प्रहरी, सेना लगायतका सुरक्षा निकायमा कुकुरलाई सुरक्षामा खटाइएको हुन्छ। 

कुकुरलाई आपराधिक घटनाको अनुुसन्धानमा पनि प्रयोग गरिन्छ। त्यसैले नेपाल प्रहरी, सेना लगायतका सुरक्षा निकायले विशेष रुपमा कुकुरको पूजा गरी कुकुर तिहार मनाउने गरेका छन्।
 

प्रकाशित मिति: १४:३३ बजे, आइतबार, कात्तिक २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्