Kathmandu Press

नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु 

देवचुली नगरपालिका–९ एसमोडमा विहान साढे ११ बजे उक्त दुर्घटना भएको थियो। मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जीपमा सात जना सवार थिए।
नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु 

काठमाडौं, कात्तिक २६ : नवलपरासीको बर्दघाट सुस्तापूर्व देवचुलीमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

देवचुली नगरपालिका–९ एसमोडमा विहान साढे ११ बजे उक्त दुर्घटना भएको थियो। मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जीपमा सात जना सवार थिए।

गम्भीर घाइते भएका एकजना पुरुषको उपचारका लागि चितवन पठाइएको छ। ६ जनाको घटनास्थलमा नै मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी छ । माझडाँडाको बुलिङटारबाट कावासेती आउँदै गरेको नु २ ज ३२७० नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: १४:२२ बजे, आइतबार, कात्तिक २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्