भैरव वाहन गुल्ममा ‘सैनिक डग प्रदर्शनी’ (फाेटाे फिचर)
कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ।
काठमाडौँ, कात्तिक २६ : आज तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार विशेष। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले कुकुरको पूजा गरेका छन्। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरे त्यसलाई पाप मानिन्छ। कुकुरलाई मानव मित्रका रूपमा हेरिन्छ । कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। यसै क्रममा भैरव वाहन गुल्म सानोठिमी ब्यारेकमा कुकुरको पूजा गरिनुका सागै ‘सैनिक डग प्रदर्शनी’ गरएिको छ। आज त्यहाँका कुकुरहरूले रेस्क्यु कला देखाएका छन्।
प्रकाशित मिति: १२:१३ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार