अक्षय कुमारकी प्रोड्यूसरलाई ६ महिना जेल
मुम्बई, फागुन १९ : बलिउड अभिनेता अक्षयर कुमारकी प्रोड्युसर प्रेरणा अरोडालाई ६ महिना जेल सजाय सुनाइउको छ।
उनलाई मुम्बई हाइ कोर्टले अदालतको मा....

मुम्बई, फागुन १९ : बलिउड अभिनेता अक्षयर कुमारकी प्रोड्युसर प्रेरणा अरोडालाई ६ महिना जेल सजाय सुनाइउको छ।
उनलाई मुम्बई हाइ कोर्टले अदालतको मानहानीमा ६ महिनाको जेल सजाय सुनाएको हो। उनी यस अघि पनि ६ महिना जेल बसिसकेकी छन्।
उनले अक्षयका चर्चित फिल्म ‘प्याडमेन’, ‘ट्वाइलेट एक प्रेम कथा,’ र ‘रुस्तम’ निर्माण गरेकी थिइन्।
उनीविरुद्ध पैसा नतिरेको मुद्दा परेको थियो। उनले पैसा तिर्ने प्रतिवद्धता जनाएकी थिइन्। जसले गर्दा अदालतले साढे चार महिनामा अघि धरौटीमा रिहा गरेको थियो। तर, उनले पैसा नतिरेपछि अदालतको अपहेलना गरेको जनाउँदै ६ महिनाको जेल सजाय सुनाइएको हो।
उनको निर्माण कम्पनी क्रिएसन इन्टरटेनमेन्टले गाँधिक इन्टरटेनमेन्टको २५ करोड भारतीय रुपैयाँ तिर्नु बाँकी रहेको थियो। उनले पैसा नतिरेपछि मुद्दा चलेको थियो।









-1783580717.jpeg)
