हजयात्राका लागि आवेदन दिने म्याद मङ्सिर १० सम्म थपियाे

काठमाडौं, कात्तिक २५ : नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५) को हजयात्राका लागि आवेदन दिने म्याद मङ्सिर १० सम्म थप गरेको छ।
हजयात्रामा जान इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिन यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पुर्याइएको नेपाल हज समितिले जनाएकाे छ।
आवेदन दिन छुट भएका नेपाली मुस्लिम समुदायबाट यस वर्ष विगतका वर्षभन्दा छिटो हजको आवेदन खुलेकाले समय थप गर्न माग भएको हुँदा अवधि थप गरिएकाे जनाइएकाे छ।
इच्छुक आवेदकले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट पनि लिन सकिने र थप जानकारी चाहिएमा सिंहदरबारस्थित सचिवालयमा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति: ०९:१५ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











