Kathmandu Press

युएईविरुद्धको खेलका लागि नेपाली फुटबल टिमको घोषणा

एनेसले घोषणा गरेको टिममा अनुभवी डिफेन्डर अन्नत तामाङ भने टिममा छैनन्। घुँडामा चोट लागेकाले अनन्तले युएईविरुद्धको खेल गुमाएका हुन्।
युएईविरुद्धको खेलका लागि नेपाली फुटबल टिमको घोषणा

काठमाडौं, कात्तिक २४ : फिफा विश्वकप छनोटको समूह चरणको पहिलो खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार दिउँसो किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका छन्।

नेपालले समूह चरणको पहिलो खेल कात्तिक ३० गते युएईसँग उसकै मैदानमा खेल्नेछ।

एनेसले घोषणा गरेको टिममा अनुभवी डिफेन्डर अन्नत तामाङ भने टिममा छैनन्। घुँडामा चोट लागेकाले अनन्तले युएईविरुद्धको खेल गुमाएका हुन्।

युएईसँगको खेल लगत्तै नेपालले घरेलु मैदानमा यमनसँग खेल्ने छ। यो खेल मंसिर ५ गते हुनेछ। यस्तै, नेपालले बहराइनसँग पनि खेल्ने छ।

यसैबीच एन्फाले युएई जाने नेपाली टिमको बिदाई पनि गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गर्दैै एन्फाले नेपाली टिमलाई बिदाई गरेको हो। नेपाली टिम आइतबार युएई जाने छ।

नेपाली टोलीः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार ।

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, कात्तिक २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्