Kathmandu Press

कोरोना भाइरसबाट तीन हजारको मृत्यु, अधिकांश वृद्ध

काठमाडौं, फागुन १९ : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पनि दुई जनाको मृत्यु भएको छ। सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर तीन हजार जनाल....

कोरोना भाइरसबाट तीन हजारको मृत्यु, अधिकांश वृद्ध

काठमाडौं, फागुन १९ : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पनि दुई जनाको मृत्यु भएको छ। सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर तीन हजार जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। तीन दिनयता दुई जनाको मृत्यु भएको छ। सोमबार वासिङगटनमा थप एकको मृत्यु भएको हो। अमेरिकाको बोसिङगटन, फ्लोरिडा, न्यूयोर्क र रोडे आइसल्यान्डमा कोरोना भाइरसको संक्रमण भेटिएको हो।

विश्व स्वास्थ्य संघ (डब्लूएचओ)का अनुसार, सोमबार बिहानसम्म तीन हजार जनाको मृत्यु भएको छ। जसमा ९० प्रतिशत चीनका छन्। अहिलेसम्म १० देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। जसमा चीनपछि धेरै जनाको मृत्यु इरान र इटालीमा भएको छ। इरानमा ५० र इटालीमा ३० जनाले ज्यान गुमाएका छन्।

चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण ५० भन्दा बढी देशमा फैलिएको छ। चीनमा पनि फैलिने क्रमण रोकिएको छैन। आइतबार मात्रै ४२ जना नयाँ संक्रमित भेटिएका छन्। अहिलेसम्म संसारभर ९० हजार बिरामी भएका छन्। अहिलेसम्मको तथ्यांक हेर्दा संक्रमितमध्ये दुईदेखि पाँच प्रतिशतको मृत्यु भएको डब्लूएचओले जनाएको छ।

चीनपछि सबैभन्दा बढी दक्षिण कोरियामा संक्रमित देखिएका छन्। दक्षिण कोरियामा चार हजार दुई सय १२ जनामा संक्रमण देखिएको छ। त्यसपछि इटालीमा एक हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ।

चीनमा पनि संक्रमणको क्रम रोकिएको छैन। चीनमा आइतबार मात्रै ४२ जना नयाँ संक्रमित देखिएका छन्। चीनमा ८० हजार संक्रमित देखिएका छन् भने दुई हजार नौ सय १२ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्मको तथ्यांकअनुसार, कोरोना भाइरसबाट मृत्यु हुने धेरैजसो ८० वर्षभन्दा बढीका छन्। अहिलेसम्म मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी ८० वर्षभन्दा माथिका रहेका छन्।

त्यस्तै, मृत्यु भएकामध्ये झन्ड २५ प्रतिशत ७० देखि ७९ वर्षका रहेका छन्। ६० देखि ६९ वर्षसम्मका करिब १० प्रतिशत रहेका छन्। मृत्यु हुनेमध्ये ५० देखि ५९ वर्षसम्मका करिब पाँच प्रतिशत रहेका छन्।

बालबालिकामा यसको असर न्यून देखिएको छ। १० देखि ३९ वर्षसम्मका कम असर देखिएको छ।

विश्व स्वास्थ्य संघले पनि विशेष गरेर ६० वर्षभन्दा माथिकालाई यसले असर गरिरहेको जनाएको छ। यसको उपचारका लागि ‘अक्सिजन थेरोपी’ मुख्य हतियार बनिरहेको जनाएको छ।

प्रकाशित मिति: ११:५४ बजे, सोमबार, फागुन १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्