Kathmandu Press

टि–२० सिरिजमा नेपाली महिला क्रिकेट टिमको कप्तानी इन्दूले गर्ने

रुबिनाको सहमति नै नयाँ कप्तानको खोजीका रुपमा आसन्न सिरिजमा इन्दूलाई कप्तान बनाइएको क्यानले जनाएको छ।
टि–२० सिरिजमा नेपाली महिला क्रिकेट टिमको कप्तानी इन्दूले गर्ने

काठमाडाैं, कात्तिक २३  : हङकङमा हुने टि–२० सिरिजमा नेपाली महिला टिमको कप्तानी इन्दू बर्माले गर्ने भएकी छिन्।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार ब्याट्सम्यान इन्दूलाई कप्तानको जिम्मेवारी दिएको हो। इन्दूलाई हङकङमा हुने चारदेशीय टि–२० सिरिजका लागि मात्र कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ।

नेपाल महिला टिमलाई लामो समयदेखि रुबिना क्षेत्रीले कप्तानी गर्दै आएकी छिन्। रुबिनाको सहमति नै नयाँ कप्तानको खोजीका रुपमा आसन्न सिरिजमा इन्दूलाई कप्तान बनाइएको क्यानले जनाएको छ।

कात्तिक २९ गतेबाट हङकङमा हुने सिरिजका लागि क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ। टिममा सोनी पाख्रिन र कञ्जन श्रेष्ठले पहिलो पटक स्थान बनाएका छन्। यस्तै रोमा थापा र संगीता श्रेष्ठले पुनरागमन गरेका छन्।

नेपाली टिम ः इन्दु बर्मा ९कप्तान०, बिन्दु रावल ९उपकप्तान०, रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्मचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमी विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।

 

 

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्