Kathmandu Press

एन्फा अध्यक्ष पंकजलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत

एन्फा अध्यक्ष पंकजलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत

हेटौंडा, कात्तिक २३ : अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार हेटौंडामा भएकाे विशेष साधारणसभाले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ।

विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो। प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५३ मत परेको छ। एक मत बदर भएको बताइएकाे छ। नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्नेहरूले मतदान गरेनन्। प्रस्ताव गर्नेमध्येकै ३४ जनाले मतदान बहिष्कार गरे।

१०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भए पनि ५३ जना मात्र मतदान प्रक्रियामा सहभागी भए । एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुई तिहाइ मत आवश्यक पर्ने विधानको व्यवस्था छ।

गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव सहित एन्फामा पेस गरेका थिए। अध्यक्षलाई मात्र प्रस्ताव राख्नमिल्ने व्यवस्थाको कारण एक मात्र अजेण्डा साधरण सभामा पेस भएको थियो ।

 

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्