Kathmandu Press

कोरोनाका कारण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

काठमाडौं, फागुन १९ : कोरोना भाइरसको कारण नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित गरिएको छ।

साेमबार मानवअधिकार चलचित्र केन्द्....

कोरोनाका कारण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

काठमाडौं, फागुन १९ : कोरोना भाइरसको कारण नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित गरिएको छ।

साेमबार मानवअधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्रीले प्रेस विज्ञप्ति जारी गरि महोत्सव स्थगित गरिएको जनाएका छन्। आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बुधबारदेखि काठमाडौंमा सुभारम्भ गर्ने तयारी थियो।

;महोत्सवका निर्देशक समेत रहेका खत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरु नगर्न गरेको आह्वानलाई सम्मान गर्दे महोत्सव स्थगित गर्ने निर्णय गरिएको हो।’

केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सवमा नेपाल र नेपाल बाहिरका चलचित्र समावेश हुने गरेका छन्। यस वर्ष पनि ३२ देशका ८४ चलचित्र महोत्सवमा प्रदर्शनका लागि छानिएका थिए।

महोत्सवमा भाग लिन १७ देशका २२ जना विदेशी फिल्ममेकर नेपाल आउन लागेका थिए।

महोत्सवको अर्को मिति स्थिति सामान्य भएपछि घोषणा गरिने केन्द्रले जनाएको छ। अहिले छानिएका चलचित्र नै आगामी मितिमा आयोजना हुने महोत्सवमा प्रदर्शन गरिने जनाएको छ।

 

प्रकाशित मिति: ११:१६ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्