Kathmandu Press

एन्फाको विशेष साधारणसभा आज, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा

नेम्वाङले नेतृत्व गरेको टिमले काम गर्न नसकेको आरोप लगाउँदै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन दर्ता गरेका थिए।
एन्फाको विशेष साधारणसभा आज, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा

काठमाडौं, कात्तिक २३ : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा आजदेखि हेटौंडामा सुरु हुँदैछ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती विशेष साधारण् सभाको मुख्य एजेन्डा छ।

नेम्वाङले नेतृत्व गरेको टिमले काम गर्न नसकेको आरोप लगाउँदै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन दर्ता गरेका थिए।

उनीहरुले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित पदबाट निष्काशनको माग गरेका छन्। तर अध्यक्ष नेम्वाङले आफू बर्खास्तगीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन्।

विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका छन्।

नेम्वाङको बर्खास्तगीको विषयमा आजै विशेष साधारण सभामा मतदान हुनेछ। एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार छ।

एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाई अर्थात कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ।

प्रकाशित मिति: १०:३६ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्