च्याम्पियन्स लिगमा रियल मड्रिडको जित, युनाइटेड एफसी कोपनहेगनसँग पराजित
रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक-एक गोल गरे । यो समूहमा नापोली र युनियन बर्लिनले एक, एक गोलको बराबरी खेलेका छन् ।काठमाडौं, कात्तिक २३ : युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा रियल मड्रिडले पोर्चुगिज क्लब ब्रागालाई हराएको छ । रियलले ब्रागालाई ३–० गोलले हरायो ।
रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एकरएक गोल गरे । यो समूहमा नापोली र युनियन बर्लिनले एक, एक गोलको बराबरी खेलेका छन् ।
समूह ‘सी’ बाट रियल ४ खेलमा १२ अङ्क जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको नापोलीको ४ खेलमा ७ अङ्क छ । तेस्रो स्थानमा रहेको ब्रागाको ३ अङ्क छ ।
त्यस्तै, च्याम्पियन्स लिगको समूह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । १० खेलाडीमा सीमित युनाइटेड एफसी कोपनहेगनसँग ४–३ गोलले पराजित भएको हो । यो समूहमा बायर्न म्युनिखले गालाटासारायलाई २–० गोलले हराएको छ । बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे ।
बायर्न दुई खेल अगावै अर्को चरणमा प्रवेश गरेको छ । बायर्नको ४ खेलमा १२ अङ्क छ । पुछारमा रहेको युनाइटेडको ३ अङ्क छ ।