Kathmandu Press

बार्सिलोनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा फर्कियो

काठमाडौं, फागुन १९ : बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

आइतबार राती घरेलु मैदानमा भएको खेलम....

बार्सिलोनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा फर्कियो

काठमाडौं, फागुन १९ : बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

आइतबार राती घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोना पराजित हुन पुगेको हो । खेलमा अधिकांश समय बल पोसेसन आफ्नो पकडमा लिएपनि बार्सिलोनाले रियलको पोस्टमा प्रभावशाली आक्रमण गर्न सकेन ।

पहिलो हाफ गोलरहित बनेको खेलको ७१औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा मारियानोले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गराए । जितसँगै रियल मड्रिड शीर्ष स्थनमा उक्लिएको छ ।

उपाधि जित्ने अभियान जिवित राख्नका लागि महत्वपूर्ण रहेको यो एल क्लासिकोबाट तीन अंक जोड्दै रियलले ५६ अंक बनाएको छ । एक अंक कम रहेको बार्सिलोना दोस्रो स्थानमा छ । 

प्रकाशित मिति: ०६:३८ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्