भ्रमण बर्ष २०२० र सगरमाथा संवाद स्थगन गर्न प्रधानमन्त्रीको निर्देशन, अन-अराइभल भिषा बन्द
काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्न निर्देशन गरेका छन्।
आइतबारस....

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्न निर्देशन गरेका छन्।
आइतबारसाँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोक्ने सम्पूर्ण तयारी गर्दै उक्त कार्यक्रम स्थगन गर्न निर्देशन दिएका हुन्।
चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले अधिकांश मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई पनि उच्च जोखिम भएका मुलुकको सुचीमा राखेपछि सरकारले सतर्कता बढाउन थालेको हो। सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ।
मन्त्रिपरिषद बैठकले विदेशीहरुलाई दिदै आएको अन-अराइभल भिषा दिन पनि बन्द गर्ने निर्णय गरेको छ











