Kathmandu Press

पृथ्वीको वरिपरि भेटियो नयाँ “मिनि मुन”

पृथ्वीले दोश्रो “मिनि मून” पाएको छ। नयाँ भेटिएको जून आकारमा कारजत्रै भएको खगोलशास्त्रीले बताएका छन्। जून पृथ्वी वरिपरि घुमिरहेको छ।

अन्दाजि १.९- ....

पृथ्वीको वरिपरि भेटियो नयाँ “मिनि मुन”

पृथ्वीले दोश्रो “मिनि मून” पाएको छ। नयाँ भेटिएको जून आकारमा कारजत्रै भएको खगोलशास्त्रीले बताएका छन्। जून पृथ्वी वरिपरि घुमिरहेको छ।

अन्दाजि १.९- ३.५ मिटर व्यास भएको सो जून एरिजोनास्थित नासाको आर्थिक सहयोग पाएको क्याटलिना स्काइ सर्भेका अनुसन्धाताद्वय काच्पर वियसहोस् र टेड्डी प्रुयनले फेब्रुअरी १५ को राति देखेका थिए।

“ठूलो खबर, पृथ्वीले नयाँ अस्थायी वस्तु सम्भावित मिनि मून २०२० सिडि ३ पाएको,” भन्दै वियसहोस्ले बुधबार ट्विट गरेका थिए। उनले यसलाई ठूलो खबर मानेका छन्। यसअघि पनि क्याटलिना स्काइ सर्भेबाटै सन् २००६ मा आरएच १२० नामक पहिलो एस्टेरोइड पत्ता लगाएको थियो। एस्टेरोइडको मार्गले पृथ्वीको अक्षमा तीन वर्षअघि प्रवेश गरेको उनले बताए।

Hardik ivf

ससाना ग्रह र एस्टेरोइडसम्बन्धी जानकारी संकलन गर्ने स्मिथसोनियन एस्ट्रोफिजिकल अब्जर्भेटरीको माइनर प्लानेट सेन्टरले कुनै ज्ञात कृत्रिम वस्तुसँग कुनै सम्बन्ध नभएको बताएको छ। पृथ्वीको गुरूत्वाकर्षणले नै सो एस्टेरोइड पृथ्वीको कक्षमा प्रवेश गरेको सङ्केत गरिएको छ।

“कक्षमा समायोजन भएको हेर्दा त्यो वस्तु अस्थायी रूपमा पृथ्वी आएको देखिन्छ।”

प्रविधि उद्यमी इलोन मस्कले कार आकारको उक्त वस्तु आफूले अन्तरिक्षमा पठाएको टेस्ला रोडस्टर नभएको बताए। सन् २०१८ मा उनले अन्तरिक्ष पठाएको सो अन्तरिक्षयान अहिले सूर्यको परिक्रमा गरिरहेको छ।

“त्यो मेरो होइन,” उनले ट्विट गरेका छन्।

नयाँ भेटिएको एस्टेरोइड पृथ्वीको स्थिर कक्षमा छैन। यो धेरै लामो समयसम्म रहने सम्भावना पनि छैन।

पृथ्वीको कक्षमा प्रवेश गर्ने एकमात्र अर्को एस्टेरोइड २००६ आरएच१२० ले सेप्टेम्बर २००६ देखि जून २००७ सम्म पृथ्वीको परिक्रमा गरेको थियो।
 

प्रकाशित मिति: ०७:०८ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्