Kathmandu Press

नेपाली महिला क्रिकेट टिमले हङकङमा टि–२० सिरिज खेल्ने

सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय कार्यसमिति बैठकले हङकङको प्रस्ताव बमोजिम नेपाली टिमलाई टि–२० सिरिजका लागि पठाउने निर्णय गरेको हो।
नेपाली महिला क्रिकेट टिमले हङकङमा टि–२० सिरिज खेल्ने

काठमाडौं, कात्तिक २० : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हङकङमा टि–२० सिरिज खेल्ने भएको छ।

सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय कार्यसमिति बैठकले हङकङको प्रस्ताव बमोजिम नेपाली टिमलाई टि–२० सिरिजका लागि पठाउने निर्णय गरेको हो।

४ देश सहभागी हुने टि–२० सिरिज नोभेम्बर १५ देखि १९ सम्म हुने क्यानका सचिव पारस खड्काले जनाए। सिरिज खेल्ने नेपाल र हङकङ बाहेका अन्य दुई टिमको टुंगो भने लागेको छैन्।

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्