Kathmandu Press

टि–२० विश्वकपमा छनोट नेपाली टिमलाई क्यानले ५० लाखसहित सम्मान गर्ने

सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनोट भएको नेपाली टिमलाई ५० लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो।
टि–२० विश्वकपमा छनोट नेपाली टिमलाई क्यानले ५० लाखसहित सम्मान गर्ने

काठमाडाैं, कात्तिक २० : नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को विश्वकपमा छनोट भएको नेपाली टिमलाई नगदसहित सम्मान गर्ने भएको छ।

सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनोट भएको नेपाली टिमलाई  ५० लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो।

घरेलु मैदानमा भएको विश्वकप छनोटमा युएईलाई हराउँदै फाइलन पुग्दै नेपाल १० वर्षपछि टि–२० विश्वकपमा छनोट भएको थियो। फाइलनमा सुपर ओभरमा ओमानसँग पराजित भएपनि नेपाल उपाधि जित्नबाट बञ्चित भएको थियो।

यस्तै, बैठकले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको यू–१९ टिमलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

प्रकाशित मिति: १८:१८ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्