Kathmandu Press

चलचित्र ‘थप्पड’ ले दुई दिनमा कमायो ८ करोड 

काठमाडौं, फागुन १८ : बलिउड चलचित्र ‘थप्पड’ले दुई दिनमा ८ करोड १२ लाख भारतीय रुपैयाँ बराबरको व्यापार गरेका छ । शुुक्रबारदेखि प्रदर्शनमा आएक....

चलचित्र ‘थप्पड’ ले दुई दिनमा कमायो ८ करोड 

काठमाडौं, फागुन १८ : बलिउड चलचित्र ‘थप्पड’ले दुई दिनमा ८ करोड १२ लाख भारतीय रुपैयाँ बराबरको व्यापार गरेका छ । शुुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन तीन करोड सात लाखको व्यापार गरेको छ भने दोस्रो दिन पाँच करोड पाँच लाखको व्यापार गरेको छ।  सिनेमाले गरेको व्यापारबारे बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेका छन्।

नायिका तापसी पन्नुको मुख्य अभिनय रहेको चलचित्रमा पवेल गुलाटी, तन्वी आजमी, दिया मिर्जा, कुमुद मिश्रा, राम कपूर लगायतकलाकारको अभियन रहेको छ।

अनुभव सिन्हाको निर्देशन चलचित्रको निर्माता भूषण कूमार, कृष्ण कुमार र अनुभव सिन्हाले गरेका छन्।

सन्हाले यसअघि ‘मुल्क’ र ‘आर्टिकल १५’ जस्ता सामाजिक विषय वस्तुमा आधारित चलचित्र निर्देशन गरिसकेका छन्।

प्रकाशित मिति: १७:१९ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्