Kathmandu Press

नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त

नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त

काठमाडाैं, कात्तिक २० : फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फूटबल टोली प्रशिक्षणमा व्यस्त भएका छन्।

दोस्रो चरण अन्तर्गत नेपालले यमन र यूएईसंग प्रतिष्पर्धा गर्नेछ। नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटका खेलका लागि २६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन्।

Hardik ivf

नेपालले कार्तिक ३० गते युएईसँग उसैको मैदानमा खेल्नेछ भने मंसिर ५ गते काठमाडौंको दशरथ रंगशालामा यमनसंग खेल्ने छ। नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि राम्रो तयारी भइरहेको बताए।

त्यस्तै राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले बन्द प्रशिक्षणमा बसेको १५–२० दिनमा तयारी राम्रो भइरहेको बताए। लाओससंग खेलेका बाहेक केहि नयाँ खेलाडीहरु टीममा रहेको र उनीहरु पनि सेट भइसकेकाले राम्रो नजिता आउने उनको विश्वास छ।

यसअघि नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्र २–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको हो। 

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्