Kathmandu Press

श्रीलंकाका दुई खेलाडी भैरहवामा

काठमाडौं, फागुन १८ : चौथो संस्करणको इपिएलका लागि भैरहवा ग्लाडियटर्सले दुई श्रीलंकन खेलाडीलाई अनुबन्धन गरेको छ। भैरहवाले आइतबार पत्रकार सम्मेलन गर्दै ज....

श्रीलंकाका दुई खेलाडी भैरहवामा

काठमाडौं, फागुन १८ : चौथो संस्करणको इपिएलका लागि भैरहवा ग्लाडियटर्सले दुई श्रीलंकन खेलाडीलाई अनुबन्धन गरेको छ। भैरहवाले आइतबार पत्रकार सम्मेलन गर्दै जीवन मेन्डिस र मिलिन्डा श्रीवर्दना क्लबमा आबद्ध भएको जानकारी दियो।

श्रीवर्दनाले तीनवटै फर्म्याटमा श्रीलंकाको प्रतिनिधित्व गरेका छन् भने जीवनले टि–२० र एकदिवसीय खेल मात्र खेलेका छन्। दुवै अलराउन्डर हुन्। 

श्रीवर्दनाले श्रीलंकाबाट ५ टेस्ट, २७ एकदिवसीय र २२ टि–२० म्याच खेलेका छन् भने जीवनले ५८ एकदिवसीय र २२ टि–२० खेल खेलेका छन् । दुवैसँग विश्वकप खेलेको अनुवभ पनि छ । जीवनले सन् २०१२ को टि–२० र सन् २०१५ र २०१९ को एकदिवसीय विश्वकप खेलेका छन् भने श्रीवर्दना सन् २०१९ को विश्वकपमा श्रीलंकन टिममा थिए । 

यसैगरी भैरहवाले ओमानका मिडियम फास्ट बलर बिलाल खानलाई पनि ल्याएको छ। ३१ वर्षीय बिलाल खानले ओमानबाट १० एकदिवसीय र ३५ टि–२० र २४ लिस्ट ए खेल खेलेका छन् । उनले एकदिवसीयमा १८, टि–२०मा ५१ र लिस्ट एमा ४६ विकेट लिएका छन्। 

सन् २०१५ मा हङकङविरुद्ध खेल्दै डेब्यू गरेका बिलाल त्यसता ओमानी टिमको प्रमुख बलरका रुपमा रहेका छन्। यसैमहिना भएको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि बिलाल नेपाल आएका थिए। 

यसअघि भैरहवाले वेस्टइन्डिजका अलराउन्डर ड्वायन स्मिथलाई भित्र्याएको थियो। यसअघिका दुई सिजन उपविजेतामै समीमित बनेको भैरहवाले नयाँ सिजनका लागि नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्