Kathmandu Press

प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं, फागुन १८ : सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ। प्रचण्ड माथि जुम्लाका २२ वर्षीय रतन तिरुवा....

प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं, फागुन १८ : सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ। प्रचण्ड माथि जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन्।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन, नेपालद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभामा सम्बोधनपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेको जुत्ताले भने प्रचण्डलाई लागेन।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार अहिले उनलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ। 

प्रकाशित मिति: १६:२५ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्