कोहलीको शतकमा भारतले दियो दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य
विराट कोहलीले जन्मदिनमा सानदार शतक बनाएपछि भारतले दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य दिएको छ।काठमाडौं, कात्तिक १९ : विराट कोहलीले जन्मदिनमा सानदार शतक बनाएपछि भारतले दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य दिएको छ। इडेन गार्डेनमा जारी खेलमा पहिला ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२ रन बनायो।
आजैबाट ३५ वर्ष लागेका कोहलीले एकदिवसीय क्रिकेटमा ४९औं शतक प्रहार गरे। उनले १२१ बल खेल्दै १० चौका मद्दतमा १०१ रन बनाए। यो शतकसँगै कोहलीले एकदिवसीयमा सर्वाधिक शतक बनाउने सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन्।
कोहलीले २८९ खेलमा यो उपलब्धि हासिल गरेका हुन्। सचिनले ४६३ खेलमा ४९ शतक बनाएका थिए।
भारतका लागि श्रेयस ऐयरले ८७ बलमा ७ चौका र २ छक्का मद्दतमा ७७ रन बनाए। कोहली र श्रेयसले तेस्रो विकेटका लागि १३४ रनको साझेदारी गरे। यस्तै रोहित शर्माले २६ बलमा ४० रन बनाउँदा रविन्द्र जडेजाले १५ बलमा २९ रन बनाए।
दक्षिण अफ्रिका लुंगी एनगिदी, मार्को यान्सन, कागिसो रबाडा, केशव महाराज र ताब्रिज साम्सीले समान १ विकेट लिए।