Kathmandu Press

जन्मदिनमा कोहलीले बनाए शतक, बराबरी गरे सचिनको रेडर्क

उनले १२० बलमा १० चौका प्रहार गर्दै एकदिवसीय क्रिकेटको ४९औं शतक बनाए।
जन्मदिनमा कोहलीले बनाए शतक, बराबरी गरे सचिनको रेडर्क

काठमाडाैं, कात्तिक १९ : भारतीय ब्याट्सम्यान विराट कोहली आजबाट ३५ वर्ष लागे। घरेलु मैदानमा जारी विश्वकपमा कोहलीले जन्मदिनलाई विशेष बनाए।

इडेन गार्डेनमा दक्षिण अफ्रिकाविरुद्ध शतक बनाउँदै कोहलीले जन्मदिनलाई विशेष बनाएका हुन्। उनले १२० बलमा १० चौका प्रहार गर्दै एकदिवसीय क्रिकेटको ४९औं शतक बनाए।

यो शतकसँगै कोहलीले एकदिवसीयमा सर्वाधिक शतक बनाउने सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरेका छन्।

 

प्रकाशित मिति: १८:०८ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्