Kathmandu Press

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि तीन जनासँग क्रसम्याच  

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण गर्न तीन जनासँग क्रसम्याच मिलेको छ। 

दोस्रो पटक मृगौला प....

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि तीन जनासँग क्रसम्याच  

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण गर्न तीन जनासँग क्रसम्याच मिलेको छ। 

दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेका ओली भोली त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने भएका छन्। प्रधानमन्त्री ओलीका एक निजी चिकित्सकका अनुसार अहिले तीन जनासँग ओलीको मिर्गौलाको क्रसम्याच मिलेको छ तर ती मध्य कसको मृगौला प्रत्यारोपण हुन्छ भन्ने टुंगो लागिसकेको छैन। 

‘तीन जनासँग क्रसम्याच मिलेको छ । कसको मृगौला उहाँ (प्रधानमन्त्री) लाई प्रत्यारोपण हुन्छ भन्ने टुंगो लागिसकेको छैन,’ उनले काठमाडौंप्रेससँग भने। 

स्रोतका अनुसार प्रधानमन्त्रीको नातिनी, भाञ्जी र अर्का एक नातेदार मिर्गौला दिन तयार भएका छन्। सोही अनुसार उनीहरुको क्रसम्याच पनि गरिसकिएको छ । 

बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तय भएको छ। त्यसका लागि उनी भोली अस्पताल भर्ना हुनेछन्। अस्पताल स्रोतका अनुसार ओलीको मिर्गौला प्रत्यारोपणका लागि केही विदेशी चिकित्कसहसँग पनि परामर्श भैरहेको छ । 

ओलीले १२ बर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए । उनको यो दोस्रो प्रत्यारोपण हो। 

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्