रोहितले पनि बनाए अर्धशतक
रोहितले आमोनविरुद्ध ३६ बलमा अर्धशतक बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे। टि–२० आईमा रोहितको यो छैठौं अर्धशत हो।
काठमाडौं, कात्तिक १९ : कीर्तिपुरस्थित टियू मैदानमा जारी टि–२० विश्वकप छनोटको फाइलनमा ओमानविरुद्ध कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन्।
रोहितले आमोनविरुद्ध ३६ बलमा अर्धशतक बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे। टि–२० आईमा रोहितको यो छैठौं अर्धशत हो।
त्यसअघि गुल्सन झाले २० बलमै अर्धशतक बनाएका थिए। उनले अर्धशतक बनाउने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे।
प्रकाशित मिति: १२:३७ बजे, आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)