Kathmandu Press

विस्फोटक ब्याटिङ गर्दै गुल्सनले बनाए अर्धशतक

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर ओमानविरुद्ध पहिला ब्याटिङ गरेको नेपालका गुल्सनले २० बलमै अर्धशतक बनाए। उनले अर्धशतक बनाउने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे।
विस्फोटक ब्याटिङ गर्दै गुल्सनले बनाए अर्धशतक

काठमाडौं, कात्तिक १९ : कीर्तिपुरस्थित टियू मैदानमा जारी टि–२० विश्वकप छनोटको फाइलन अलराउन्डर गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर ओमानविरुद्ध पहिला ब्याटिङ गरेको नेपालका गुल्सनले २० बलमै अर्धशतक बनाए। उनले अर्धशतक बनाउने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे।

६० रनमै ४ विकेट गुमाएको नेपाल गुल्सनको अर्धशतकमा बलियो अवस्थामा पुगेको छ। ताज अवस्थामा नेपाल १६ ओभरको समाप्तिमा १२८–४ को अवस्थामा छ।

गुल्सनलाई २२ रन बनाएर कप्तान रोहितकुमार पौडेलले साथ दिइरहेका छन्। यी दुईले पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेका छन्।

सन्दीप जोरा, कुशल भुर्तेल र कुशल मल्ललाई लगातार गुमाउँदा नेपाल दबाबमा परेको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए। उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै, सन्दीपले १०, आसिफ सेख ६ रन बनाएर आउट हुँदा कुशल मल्ले ३ रन मात्र बनाउन सके।

नेपाललाई दबाबमा राख्ने क्रममा ओमानका अकिब इलियासले २ तथा विलाल खान र जिसन मक्सुदले समान १ विकेट लिए।

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्