Kathmandu Press

ओलीलाई देउवाको प्रश्नः बास्कोटाले भनेका हामी भित्र को–को पर्छन?

काठमाडौं, फागुन १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालिन सञ्चारम....

ओलीलाई देउवाको प्रश्नः बास्कोटाले भनेका हामी भित्र को–को पर्छन?

काठमाडौं, फागुन १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म पनि छानविन अघि नबढाइएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार बसेको प्रतिनिधीसभाको बैठकमा बोल्दै सभापति देउवाले अडियोमा हामीलाई कति आउँछ? भनेर बास्कोटाले सोधेको प्रस्ट सुनिएको बताउँदै, हामी भित्र को–को पर्छन? प्रस्ट पार्नुपर्ने बताए। ‘सेक्युरिटी प्रेस खरिद प्रक्ररणमा सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको एक हप्तासम्म पनि छानविन हुन सकेको छैन। अडियोमा हामीलाई कति आउँछ भनेर भनेको प्रस्ट सुनिन्छ। हामी भनेको को–को हुन्? त्यो भित्र को– को पर्छन्? प्रस्ट होस्,’ उनले भने, ‘छानविन हुनुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्नुभयो। छानविन पहिले नै तपाइले निर्णय दिनुभयो भने तपाइको विश्वसनियता कमजोर भएन र?’

उनले ७० करोड कमिसन प्रकरणबाट मुलुकको ध्यान मोड्न नेपाल ट्रस्टको स्वेत पत्र जारी गरिएको आरोप लगाए। ‘सेक्युरिटी प्रेस खरिद प्रक्ररणबाट ध्यान मोड्न स्वेत पत्र ल्याइएको छ। गोकर्ण रिसोर्ट लिज प्रकरण, एनटिसीमा भएको अर्बौ घोटलाबाट ध्यान मोड्ने प्रयत्न भएको छ,’ उनले भने, ‘एनसेलले ४ अर्बमा फोरजी विस्तार गर्दा एनटिसीलाई १२ अर्ब कसरी लाग्यो ? यसलाई लुकाउन खोजिएको छ।’ देउवाले नेपाल ट्रस्टका जग्गा आफु प्रधानमन्त्री हुँदा कसैले लिजमा दिने निर्णय नभएको भन्दै राजनीतिक पूर्वाग्रह राखेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति समेत जनाए। पेट्रोलियम पदार्थमा कर बढाएर जनता माथि सरकारले करको भार थपेको भन्दै तत्काल निर्णय फिर्ता लिन आग्रह समेत गरे। 

उनले कोरोना भाइरस ५० देशमा फैलिसकेको र विश्व स्वास्थ संगठनले नेपाललाई उच्च जोखिममा रहेको बताएको भन्दै सरकारलाई आवश्यक प्रबन्ध गर्न आग्रह गरे। उनले देश विदेशमा रहेका सबै नेपालीलाई सर्तक रहन अपिल समेत गरे।

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्