Kathmandu Press

ओमानविरुद्ध नेपाल ब्याटिङमा, दीपेन्द्रको स्थानमा सन्दीपलाई मौका

कीर्तिपुरस्थित टियू मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
ओमानविरुद्ध नेपाल ब्याटिङमा, दीपेन्द्रको स्थानमा सन्दीपलाई मौका

काठमाडौं, कात्तिक १९ : टि–२० विश्वकप छनोटको फाइलनमा नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

फाइलन पुग्दै १० वर्षपछि विश्वकपमा छनोट भइसकेको नेपालले टिममा एक परिवर्तन गरेको छ। नेपालले दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने मौका दिएको छ।

नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।

प्रकाशित मिति: ११:०३ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्