Kathmandu Press

बच्चा बोकेकी महिलालाई कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा

काठमाडौं, फागुन १८ : बच्चा बोकेकी महिलालाई कुटपिट गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन्। उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको....

बच्चा बोकेकी महिलालाई कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा

काठमाडौं, फागुन १८ : बच्चा बोकेकी महिलालाई कुटपिट गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कारबाहीमा परेका छन्। उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको इन्चार्जबाट हटाइएको छ।

बर्खास्तमा परेका नेपाली सेनाका जर्नेल हेम खत्रीको घरमा गएकी हेमा श्रेष्ठलाई इन्स्पेक्टर पौडेलले कुटपिट गरेका थिए। बच्चा बोकेकी हेमालाई कुटपिट गरेको भिडियो भाइरल भएको थियो।

त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुरले कारबाही प्रक्रिया अघि बढाएको हो। उनमाथि छानविन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

समितिले छानबिन सुरू गरेको छ। छानबिनका लागि इन्स्पेक्टर पौडेललाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई प्रभागको इन्चार्जबाट हटाएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

उनको ठाउँमा इन्स्पेक्टर जीत ओझालाई पठाएको छ। उनलाई महानगरीय प्रहरी परिसर ललितपुर तानिएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। छानबिन समितिले दिने प्रतिवेदनका आधारमा थप कारबाही हुनेछ।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्