Kathmandu Press

तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरू

उनले नयाँ पुस्तालाई लोकतन्त्रको अधिकार र त्यसबाट पाएको स्वतन्त्रताको महत्व बुझाउन आवश्यक रहेको बताए।
तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरू

काठमाडौं, कात्तिक १८ : तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता आज सुरु भएको छ। 

शनिबार वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो। कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वीर गणेशमान सिंह र उनले जीवनभर गरेका योगदानलाई जीवन्त राख्नु पर्ने बताए। 

Hardik ivf

उनले नयाँ पुस्तालाई लोकतन्त्रको अधिकार र त्यसबाट पाएको स्वतन्त्रताको महत्व बुझाउन आवश्यक रहेको बताए। उनले भने, ‘वीर गणेशमान सिंहले जीवनभर गर्नुभएको योगदान र उनलाई जीवन्त राख्नका लागि र नयाँ पुस्तालाई पनि नेपालमा लोकतन्त्रको अधिकार र त्यसबाट पाएको स्वतन्त्रताबारे बुझाउनुपर्छ।’

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ।

सिनियर र भेट्रानमा गरी कुल ९ लाख ५ हजार रुपैयाँ पुरस्कार रहेको कमिटीका राजनखत्रीले जानकारी दिए। अयोजकका अनुसार गत संस्करणभन्दा पुरस्कार राशीमा २ लाख ५ हजार रुपैयाँ बृद्धि गरिएको छ भने जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता आठ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ।
 

प्रकाशित मिति: १५:२१ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्