विश्वकपमा पुग्दाको खुसी [फोटोफिचर]
मैदान परिक्रमा गर्दै खेलाडीले दर्शकलाई अभिवादन गरे। मैदानमै उपस्थित, मैदान बाहिर र घरको छतबाट खेल हेरेका दर्शनले पनि विश्वकप पुग्दाको खुसी साटे। खेलाडीको सामर्थनमा नारा लगाए र हौसला बढाए।![विश्वकपमा पुग्दाको खुसी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/cover-1699011192.jpg)
काठमाडौँ, कात्तिक १७ : नेपाल दशकपछि विश्वकपमा पुगेको छ। सन् २०१४मा पहिलो पटक विश्वकप खेलेको नेपाल शुक्रबार छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै दशक पछि टी–२० विश्वकपमा पुगेको हो। युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १६ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्दै १० वर्ष विश्वकपमा पुग्यो। नेपालका लागि आसिफ सेखले अर्धशतकीय इनिङ खेले।
अहिले नेपाली टिममा सन् २०१४मा विश्वकप खेलेका सोमपाल कामी मात्र छन्। दोस्रो पटक विश्वकपमा पुगेपछि नेपाली खेलाडीले मैदानमा खुसी साटसाट गरे। मैदान परिक्रमा गर्दै खेलाडीले दर्शकलाई अभिवादन गरे। मैदानमै उपस्थित, मैदान बाहिर र घरको छतबाट खेल हेरेका दर्शनले पनि विश्वकप पुग्दाको खुसी साटे। खेलाडीको सामर्थनमा नारा लगाए र हौसला बढाए।







प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)