‘आफ्नै नेतृत्वमा आइसिसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी महसुस भइरहेकाे छ’

काठमाडौं, कात्तिक १७ : आइसिसी टी-२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन्।
शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसंग कुरा गर्र्दै कप्ता पौडेलले सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता आफुहरु भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन्।
नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सवैले निकै मेहतन गरेको उनले बताए। विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो।
प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)