Kathmandu Press

युएईमाथिकाे सानदार जितसँगै नेपाल टि–२० विश्वकपमा

घरेलु मैदानमा भएको टि–२० विश्वककप छनोटको सेमिफाइनलमा युएईलाई हराउँदै नेपाल १० वर्षपछि टि–२० विश्वकपमा छनोट भएको हो।
युएईमाथिकाे सानदार जितसँगै नेपाल टि–२० विश्वकपमा

काठमाडौं, कात्तिक १७ : नेपाल टि–२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा भएको टि–२० विश्वककप छनोटको सेमिफाइनलमा युएईलाई हराउँदै नेपाल १० वर्षपछि टि–२० विश्वकपमा छनोट भएको हो।

यसअघि नेपलाले सन् २०१४मा बंगलादेशमा भएको टि–२० विश्वकप पारस खड्काको कप्तानीमा खेलेको थियो।

मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेटले हरायो। युएईले दिएको १३५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

Hardik ivf

नेपाललाई सहज जित दिलाउने क्रममा आसिफ सेखले अर्धशतकीय इनिङ खेले। टि–२० आईमा तेस्रो अर्धशतक बनाउने क्रममा उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६३ रन बनाए।

यस्तै, कप्तान रोहितकुमार पौडेलले २१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रन बनाए। दुवै नटआउट रहे। त्यसअघि  गुल्सन झााले २४ बलमा २२ रन बनाउँदा कुशल भुर्तेल ८ बलमा ११ रन बनाएर आउट भए।

युएईका निलन्स केशवानी र बासिल हमिदले विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो। युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए।

अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लको बलमा आउट हुनुअघि उनले ५१ बमाल ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, कप्तान मुहम्मद वासिमले १६ बलमा २६ रन बनाउँदा अलिसान सरफुले १६ र आसिफ खानले १३ रनको योगदान दिए।

युएईलाई रोक्ने क्रममा कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। अन्तिम ओभरमा २ विकेट लिएका उनले ३ ओभरमा ११ रन मात्र खर्चिए। यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिँदा करण सोमपाल कामी र रोहित पौडेले पनि विकेट लिए।

यस्तै, नेपालसँगै ओममान पनि विश्वकपमा छनोट भएको छ। आजै कीर्तिपुरस्थित टियू मैदानम भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा छनोट भएको हो।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्