Kathmandu Press

६७ रनका नेपालले गुमायो दोस्रो विकेट, गुल्सन २२ रनमा आउट

गुल्सन वासिल हमिदको बलमा बोल्ट भए। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका झाले २४ बलमा ३ चौका मद्दतमा २२ रन बनाए।
६७ रनका नेपालले गुमायो दोस्रो विकेट, गुल्सन २२ रनमा आउट

काठमाडाैं, कात्तिक १७ :  टि–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईविरुद्ध नेपालले ६७ रन बनाउँदा दोस्रो विकेट गुमाएको छ। नेपालले दोस्रो विकेटका रुपमा दसौं ओभरको तेस्रो ओभरमा गुल्सन झालाई गुमायो।

गुल्सन वासिल हमिदको बलमा बोल्ट भए। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका झाले २४ बलमा ३ चौका मद्दतमा २२ रन बनाए।

Hardik ivf

गुल्सनले आसिफ सेखसँग दोस्रो विकेटका लागि ४१ रनको महत्वपूर्ण साझेदारी गरे। आसिफले २६ बलमा ३० रन बनाएर खेलिरहेका छन्। त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ११ रनमा गुमाएको थियो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो। उसका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लको बलमा आउट हुनुअघि उनले ५१ बमाल ८ चौका र २ छक्का प्रहार गरे।

यस्तै, कप्तान मुहम्मद वासिमले १६ बलमा २६ रन बनाउँदा अलिसान सरफुले १६ र आसिफ खानले १३ रनको योगदान दिए।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए।

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्