महोत्तरीमा गोली चल्यो, एक गम्भीर घाइते
महोत्तरी, फागुन १८ : महोत्तरीको मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँमा गोली चलेको छ। अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय एक जना गम्भीर घाइते भएक....

महोत्तरी, फागुन १८ : महोत्तरीको मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँमा गोली चलेको छ। अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीय ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि गोली प्रहार भएको हो। उनी गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
आज बिहान घर बाहिर निस्केकावेला यादवमाथि गोली प्रहार भएको जनाएको छ। कसले किन गोली हान्यो भन्ने खुलेको छैन। गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी टोलीले घटनास्थलबाट चाइनिज पेस्तोलमा लाग्ने दुई राउन्ड गोलीका खोका र एक राउन्ड गोली बरामद गरेको छ।











