नेपाललाई पहिलो झड्का, कुशल ११ रनमा आउट
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नोपलले तेस्रो ओभरको अन्तिम बलमा कुशल भुर्तेललाई गुमायो। कुशलले ८ बलमा २ चौका मद्दतमा ११ रन बनाए।काठमाडाैं, कात्तिक १७ : टि-२० विश्वकप छनोटको सेमिफाइनलमा युएईविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नोपलले तेस्रो ओभरको अन्तिम बलमा कुशल भुर्तेललाई गुमायो। कुशलले ८ बलमा २ चौका मद्दतमा ११ रन बनाए।
ताज अवस्थामा ४ ओभरको समाप्तिमा नोपलले १ विकेटको क्षतिमा २९ रन बनाएको छ। क्रिजमा आसिफ सेख र गुल्सन झा छन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो। उसका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लको बलमा आउट हुनुअघि उनले ५१ बमाल ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै, कप्तान मुहम्मद वासिमले १६ बलमा २६ रन बनाउँदा अलिसान सरफुले १६ र आसिफ खानले १३ रनको योगदान दिए।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए।
प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१