Kathmandu Press

दोस्रो पटक विश्वकप खेल्न नेपाललाई १३५ रनको लक्ष्य

टि–२० विश्वकप छनोटको सेमिफाइनलमा मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईलाई नेपालले १३४ रनमै रोक्यो।
दोस्रो पटक विश्वकप खेल्न नेपाललाई १३५ रनको लक्ष्य

काठमाडौं, कात्तिक १७ : दोस्रो पटक टि–२० विश्वकप खेल्न नेपालले १३५ रनको मध्यम लक्ष्य पाएको छ।

टि–२० विश्वकप छनोटको सेमिफाइनलमा मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईलाई नेपालले १३४ रनमै रोक्यो।

Hardik ivf

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लको बलमा आउट हुनुअघि उनले ५१ बमाल ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, कप्तान मुहम्मद वासिमले १६ बलमा २६ रन बनाउँदा अलिसान सरफुले १६ र आसिफ खानले १३ रनको योगदान दिए।

युएईलाई रोक्ने क्रममा कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। अन्तिम ओभरमा २ विकेट लिएका उनले ३ ओभरमा ११ रन मात्र खर्चिए। यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिँदा करण सोमपाल कामी र रोहित पौडेले पनि विकेट लिए।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्