Kathmandu Press

सन्दीपले दिलाए नेपाललाई छैठौं सफलता

मुलापनी क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले १८औं ओभरको पहिलो बलमा बासिल हमिदलाई गुल्सन झाबाट क्याच आउट गराए। यो खेलमा सन्दीपको यो दोस्रो विकेट हो।
सन्दीपले दिलाए नेपाललाई छैठौं सफलता

काठमाडाैं, कात्तिक १७ : टि–२० विश्वकप छनोटको युएईविरुद्धको सेमिफाइनलमा सन्दीप लामिछानेले नेपाललाई छैठौं सफलता दिलाएका छन्।

मुलापनी क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले १८औं ओभरको पहिलो बलमा बासिल हमिदलाई गुल्सन झाबाट क्याच आउट गराए। यो खेलमा सन्दीपको यो दोस्रो विकेट हो। त्यसअघि उनले आसिफ खानलाई एलबिडब्लु आउट गरेका थिए।

ताजा अवस्थामा युएईले वृत्य अरविन्दको अर्धशतकमा १८औं ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा ११८ रन बनाएको छ।

उसका लागि अरविन्दले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाएका छन्। यस्तै, कप्तान मुहम्मद वासिमले २६ र अलिसन सरफुले १६ रन बनाए।

नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र कप्तान रोहित पौडेलले समान १ विकेट लिए।

प्रकाशित मिति: १२:३४ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्