कुशल मल्लले लिए विकेट, नेपाललाई चौथो सफलता
कुशलले १४औं ओभरको अन्तिम बलमा अलिसान सरफुलाई बान्ड्री नजिक सोमपाल कामीबाट क्याच आउट गराए।काठमाडाैं, कात्तिक १७ : टि–२० विश्वकप छनोटको युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई कुशल मल्लले चौथो सफलता दिलाएका छन्।
कुशलले १४औं ओभरको अन्तिम बलमा अलिसान सरफुलाई बान्ड्री नजिक सोमपाल कामीबाट क्याच आउट गराए। उलने १४ बलमा ३ चौका मद्दतमा १६ रन बनाए।
त्यसअघि नेपालका लागि सोमपला कामी र सन्दीप लामिछानेले सफलता दिलाएका थिए। सन्दीपले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबिडब्लु आउट गरेका थिए। उनले १४ बलमा १३ रन बनाएका थिए।
त्यसअघि नेपालले चौथो ओभरमा २ विकेट लिएको थियो। सो ओभरको पहिलो बलमा सोमपालले आफ्नै बलमा खालिद साहलाई रनआउट गरेका थिए भने चौथो बलमा मुहम्मद वासिमलाई क्याच आउट गरेका थिए। वासिमले २६ रन बनाए।
टस जितेर पहिला ब्याटिङ गरेको युएईले ताजा अवस्थामा १४ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ९० रन बनाएको छ। क्रिजमा वृत्य अरविन्दले समान ३२ रन बनाएर खेलिरहेका छन्।
आजको खेल जिते नेपाल सन् २०१४ पछि पहिलो पटक टि–२० विश्वकपमा पुग्ने छ।