Kathmandu Press

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

काठमाडौं, फागुन १८ : राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई लग्ने/नलग्ने विवाद भइरहेकोवेला नेकपा सचिवालय बैठक बस्न लागेको छ।

पाँच दिन अघि ....

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
फाइल फाेटाे

काठमाडौं, फागुन १८ : राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई लग्ने/नलग्ने विवाद भइरहेकोवेला नेकपा सचिवालय बैठक बस्न लागेको छ।

पाँच दिन अघि बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो। त्यसले नेकपामा विवाद उत्पन्न गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई नै सिफारिस गर्ने अडान लिएका छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल गौतमका पक्षमा छन्। जसले गर्दा नेकपामा तीव्र विवाद भएको छ।

त्यहि विवाद साम्य पार्न आजको सचिवालय बैठकमा छलफल हुने जनाएको छ। गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बुधबार गरिएको निर्णय कार्यान्वयका लागि छलफल हुने जनाएको छ।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको फागुन २१ गते सपथ हुँदै छ। फागुन २० गते रिक्त हुने १९ सदस्यमध्ये १८ जना निर्वाचित भएर आएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यबारे भने विवाद छ। जसमा गौतमलाई लग्ने कि अर्थमन्त्री डा.खतिवडालाई नै निरन्तरता दिने सहमति हुन सकेको छैन।

योसँगै समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको हो। आज बिहान साढे ११ बजे बैठक बस्न लागेको छ।

प्रकाशित मिति: १०:३३ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्