सोमपालले लिए विकेट, युएईविरुद्ध नेपाललाई दोस्रो सफलता
सोही ओभरको चौथो बलमा सोमपालले विस्फोटक ब्याटिङ गरिरहेका कप्तान मोहम्मद वासिमलाई करण केसीबाट क्याच आउट गराए।काठमाडाैं, कात्तिक १७ : टि–२० विश्वकप छनोटको महत्वपूर्ण खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता सफलता हात पारेको छ।
मुलापनी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईविरुद्ध नेपालले चौथो ओभरमा पहिलो सफलता हात परेको थियो। सोमपाल कामीले आफ्नो दोस्रो ओभरको पहिलो बलमै ओपनर खालिद साहलाई रनआउट गरे।
सोही ओभरको चौथो बलमा सोमपालले विस्फोटक ब्याटिङ गरिरहेका कप्तान मोहम्मद वासिमलाई करण केसीबाट क्याच आउट गराए। बासिमले १६ बलमा ३ चौका र २ छक्का मद्दतमा २६ रन बनाए।
ताज अवस्थामा युएईले ४ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ३० रन बनाएको छ।
प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुरमा कप्तान परिवर्तन, अन्य टिमा मार्की खेलाडी नै कप्तानशुक्रबार, मंसिर १४, २०८१
त्रिभुवन विमानस्थलमा शिखर धवनलाई यसरी गरियो स्वागत [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१
एनपीएलको तयारी पूरा : क्यानशुक्रबार, मंसिर १४, २०८१
एनपिएलका लागि तयार भएको त्रिवि मैदान [फोटो फिचर]शुक्रबार, मंसिर १४, २०८१