युएईले टस जित्यो, नेपाल बलिङ, टिममा फर्किए दीपेन्द्र
विश्वकप छनोटको पहिलो खेलको ठीक अघि घाइते भएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि युएईविरुद्ध नेपाली टिममा फर्किएका छन्। उनको आगमनसँगै नेपाली टिम थप बलियो बनेको छ।
काडठमाडाैं, कात्तिक १७ : नेपालले दोस्रो पटक विश्वकप खेल्न निर्णायक खेलमा युएईविरुद्ध पहिला बलिङ गर्ने भएको छ। घरेलु मैदानमा जारी टि–२० विश्वकप छनोटको सेमिफाइनलमा युएई टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।
मुलापानी क्रिकेट मैदानमा हुने खेलमा युएईलाई हराउन सके नेपाल दोस्रो पटक टि–२० विश्वकपमा पुग्नेछ।
नेपाल समूह एको उपविजेता र युएई समूह बीको विजेताका रुपमा सेमिफाइनल पुगेको हो।
विश्वकप छनोटको पहिलो खेलको ठीक अघि घाइते भएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि युएईविरुद्ध नेपाली टिममा फर्किएका छन्। उनको आगमनसँगै नेपाली टिम थप बलियो बनेको छ।
मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप जोरालाई टिमबाट बाहिर राख्दै दीपेन्द्रलाई राखेका छन्। अन्य खेलाडी भने टिममा यथावत छन्।
प्रकाशित मिति: १०:३७ बजे, शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)